११ माघ, काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले संसद विघटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको बदनियत कहाँ देखियो भनी प्रश्न गरेकी छन् ।
आइतबार संवैधानिक इजलासमा नेकपा संसदीय दलका नेता देवप्रसाद गुरुङसमेतको रिटको पक्षमा बहस गर्न आएका अधिवक्ता मेघराज पोखरेललाई न्यायाधीश मल्लले प्रधानमन्त्रीले आफूसँग संसद विघटनको विकल्प नभएको बताएको भन्दै, त्यसमा बदनियत कहाँ देखियो भनी प्रश्न गरेकी हुन् ।
‘हुनत प्रत्यर्थीहरुले बहस गर्न बाँकी नै छ । यद्यपि (प्रधानमन्त्रीले) सरकार पनि चलाउन सकेन, दलले साथ दिएन, विश्वास पनि भएन बाध्यताका कारण मैले संसद विघटन गर्नुको विकल्प देखिन भन्नुभएको छ, बदनियतको प्रश्न आइरहेको छ । यसमा बदनियत कहाँनिर देखियो ?’ उनले प्रश्न गरिन् ।
न्यायाधीश मल्लले प्रधानमन्त्रीले संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको विशेषाधिकार हुन्छ भन्ने कुरा गरिरहेको भन्दै त्यसलाई नेपालको संसदीय अभ्यासमा कसरी लिने भनेर पनि प्रश्न गरिन् ।
बहस गर्न आउनेवित्तिकै अधिवक्ता पोखरेललाई न्यायाधीशरुले प्रश्न गरेका थिए । त्यसै क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पनि धारा ७६ (१) को सरकार कसरी संसद मातहत रहन्छ भनी प्रश्न गरे । संविधानले नै उसलाई विश्वासको मत लिनुनपर्ने व्यवस्था गरेको भन्दै उनले भने ‘धारा ७६ (१) को सरकार कसरी संसदको जिम्मेदारीमा बस्यो, उसलाई त विश्वासको मतबाट उन्मुक्ति दियो त ?’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4