Comments Add Comment

प्रदेश २ मा ३४ हजारलाई कोरोनाविरुद्धको खोप

१२ माघ, जनकपुरधाम । प्रदेश २ मा बुधबारदेखि सुरु हुने कोरोनाविरुद्वको खोप अभियान आठै जिल्लामा एकैसाथ सुरु गरिने भएको छ । प्रदेश २ मा ३४ हजार ८ सय ४ जनालाई खोप लगाउने तयारी गरिएको छ  ।

प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आठवटै जिल्लाबाट एकै साथ अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानमा मुख्यमन्त्री र मन्त्रीले सहभागिता जनाउने निर्णय बैठकले गरेको छ ।

वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत, अस्थायी राजधानी जनकपुरधाममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव र राजविराजमा सामाजिक विकास मन्त्री नलवलकिशोर साहले सहभागिता जनाउँदै खोप अभियान शुभारम्भ गर्ने निर्णय बैठकले गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुरधामस्थित प्रादेशिक अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह तथा अन्य जिल्लामा जिल्ला अस्पतालबाट अभियान प्रारम्भ गरिनेछ ।

मुख्यमन्त्री र मन्त्रीहरु खोप शुभारम्भ गराउने कार्यक्रममा सहभागिता जनाए पनि उनीहरुले खोप नलगाउने भएका छन् । निर्देशिकामा फ्रन्टलाइनमा रहेका व्यक्तिलाई खोप दिइने उल्लेख रहेकाले पहिला फ्रन्टलाइनरलाई मात्रै खोप दिइने विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले जनाएको छ ।

सप्तरीका लागि ३ हजार ७ सय ५४, सिराहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१, सर्लाहीका लागि ४ हजार ७ सय ७२, रौतहटका लागि ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ डोज कोरोना खोप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment