+
+
Shares

बालुवाटारबाट २६ अधिकारकर्मी गिरफ्तार

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १९:३९
फाइल तस्वीर

१२ माघ, काठमाडौं । प्रहरीले बालुवाटारमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेका अधिकारकर्मीलाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाले अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास, राज्य संयन्त्रको दुरुपयोग, प्रधानमन्त्री/मन्त्रीहरूको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रको विरोधमा आयोजित कार्यक्रमबाट २६ जनालाई पक्राउ गरेको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य पक्राउ परेका हुन ।

‘प्रम ओली : आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर’ लेखिएका प्लेकार्ड सहित प्रदर्शन गएिको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?