Comments Add Comment

भारतको सर्वोच्च सम्मान जापानका पूर्वप्रधानमन्त्रीलाई

१३ माघ, काठमाडौं । भारतको सर्वोच्च सम्मान पद्म विभूषण जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसहित तीन जनालाई दिइने भएको छ । यो सम्मान पाउनेहरुको सूचीमा आबेसँगै भारतका पूर्वकेन्द्रीय मन्त्री रामविलास पासवान र असमका पूर्वमुख्यमन्त्री तरुण गोगोइ पनि छन् ।

भारतको केन्द्र सरकारले सोमबार साँझ यसको घोषणा गरेको हो । पद्म सम्मान भारतको सबैभन्दा उच्च नागरिक सम्मान हो । यसलाई तीन क्याटेगोरीमा दिइन्छ । पद्म विभूषण, पद्मम भूषण र पद्म श्री ।

२०७४ सालमा नेपालका वरिष्ठ आँखा विशेषज्ञ सन्दुक रुइतलाई भारतले पद्म श्रीबाट सम्मान गरेको थियो ।

पद्म सम्मान कला, समाज सेवा, सार्वजनिक जीवन, विज्ञान, व्यापार, औषधि, साहित्य, शिक्षा, खेल, सरकारी सेवा आदि क्षेत्रमा उल्लेखनीय काम गर्नेहरुलाई दिइन्छ । हरेक वर्ष भारतको गणतन्त्र दिवसको अवसरमा यो सम्मान पाउनेहरुको नाम घोषणा गरिन्छ । गणतन्त्र दिवसको दिन नाम सार्वजनिक भए पनि सम्मान भने राष्ट्रपति भवनमा हुने समारोहमा राष्ट्रपतिको हातबाट दिइन्छ ।

यस वर्ष सात जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्म श्रीबाट सम्मान गर्न लागिएको छ । सम्मान पाउनेहरुमा २९ महिला, १० विदेशी र एक ट्रान्सजेन्डरसमेत छन् । १६ जनालाई मरणोपरान्त सम्मान गरिँदै छ ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई पद्म विभूषणबाट सम्मान गरिँदै छ । गायक एसपी बालासुब्रमण्यमलाई पनि मरणोपरान्त पद्म विभूषण प्रदान गरिएको छ । यसैगरी मुस्लिम धर्मगुरु मौलाना वहीदउद्दीन खान र पुरातत्वविद बीबी लाललाई पनि पद्म विभूषण सम्मान प्रदान गरिएको छ ।

पद्भ भूषण पाउनेहरुमा असमका पूर्व मुख्यमन्त्री तरुण गोगोई (मरणोपरान्त), लोकसभाका पूर्वअध्यक्ष सुमित्रा महाजन, पूर्व केन्द्रीय मन्त्री रामविलास पासवान (मरणोपरान्त), प्रधानमन्त्री कार्यालयका प्रमुख सचिव रहिसकेका नृपेन्द्र मिश्र छन् ।

यसैगरी पद्म श्री पाउनेहरुको सूचीमा गोवाका पूर्व राज्यपाल मृदुला सिन्हा मरणोपरान्त र बेलायती फिल्म निर्देशक पिटर ब्रुकको नामसमेत समाबेस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment