+
+

शम्भु थापाले संवैधानिक इजलासमा सुनाए सायरी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १४:२७

१३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी मुद्दामा बहसका क्रममा संवैधानिक इजलासमा एउटा उर्दु सायरी सुनाउका छन् । मंगलबार बहसको अन्तिमतिर उनले मिर्र्जा गालिबको सायरी सुनाएका हुन् ।

सोमबार बहस सुरु गरेका उनले आफू अन्तिममा एउटा सायरी सुनाउने बताएका थिए । तर उनको बहस लम्बिएर मंगलबारसम्म पुगेपछि अन्तिमतिर उनले भने, ‘लास्टमा श्रीमान । मैले (सायरी) भन्छु भनेको थिएँ’ भन्दै मिर्जा गालिबको सायरी सुनाएका थिए ।

जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ।

उनले उक्त सायरीको व्याख्या गर्दै भने ‘जब शरीर नै जल्यो भने दिल जल्छ, सकिन्छ । अब पार्लियामेन्ट मर्‍यो भने, (केही पनि) बाँकी रहँदैन ।’

थापाले प्रधानमन्त्रीले संसद विघटन गरेपछि सबै थोक सकिएको बताए । ‘जनप्रतिनिधिमूलक निकाय भंग गरेपछि सबैथोक सकियो, (सरकार) बनाउने, चेक गर्ने, उहाँ अहिले आफैंलाई दुई तिहाइ भन्दै हिँड्नुभएको छ’ थापाले भने ।

थापाले अहिले सबैको आशा संवैधानिक इजलासप्रति रहेको पनि बताए ।

प्रधानमन्त्रीले दुई तिहाइ बहुमत चाहियो भनेर संसद विघटन गरेको भनी राष्ट्रपतिसमक्ष सिफारिस गरेको उल्लेख गर्दै थापाले भने ‘मलाई नै दुई तिहाइ चाहियो भन्न मिल्छ श्रीमान ?’

उनले प्रधानमन्त्रीले संसद सञ्चालन भएका बेला कुनै निश्चित विषयलाई लिएर ताजा जनादेशमा जान सक्ने भए पनि दुई तिहाइ चाहियो भन्नु हिटलर प्रवृत्ति भएको बताए ।

संसदमा वैकल्पिक सरकार बन्ने सम्भावना नभएको भनी न्यायाधीशले पनि विगतमा सोधेको प्रश्नतिर लक्षित गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म त वैकल्पिक सरकार खोज्न नमिल्ने बताए । ‘तपाईले (प्रधानमन्त्रीले) राजीनामा दिएपछि पो वैकल्पिक सरकार बन्छ त’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?