Comments Add Comment

विपक्षी नेताले देखाएको भवन मेरो होइन : पुटिन

१३ माघ, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विपक्षी नेता एलेक्सि नाभाल्नीले दाबी गरेको भवन आफ्नो नाममा नरहेको बताएका छन् । यसअघि नाभाल्नीले बनाएको एक भिडियोमा उनले ब्ल्याक सी नजिकै रहेको एक भव्य महल पुटिनको नाममा रहेको बताएका थिए । पुटिनका निकट रहेका एक अर्बपतिले उनलाई घुसबापत उक्त भवन दिएको नाभाल्नीको आरोप छ ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । अहिलेसम्म उक्त भिडियो आठ करोड ६० लाख मानिसहरुले हेरिसकेका छन् । नाभाल्नीका हजारौं समर्थकले गत शनिबार रुसभर प्रदर्शन गरेका थिए । ४४ वर्षीय नाभाल्नी एक साताअघि जर्मनीबाट रुस फर्किएसँगै पक्राउ परेका थिए । यससँगै उनका समर्थकहरुले रुसमा प्रदर्शन गरेका हुन् । पुटिनले विपक्षी नेताले बनाएको भिडियोमा वास्तविकतालाई बढाइचढाइ उल्लेख गरिएको बताएका छन् । विद्यार्थीहरुलाई एक भिडियो सम्मेलनमार्फत् सम्बोधन गर्दै पुटिनले उक्त भिडियोमा आफूमाथि गलत आरोप लगाइएको बताएका थिए । यद्यपि उनले आफूसँग उक्त भिडियो पूरा हेर्ने समय नभएकाले अलिकति मात्र हेरेको उल्लेख गरे ।

पुटिनले रुसमा भइरहेको विरोध प्रदर्शनमा उमेर नपुगेका बालबालिकाहरु सहभागी हुन नहुने पनि बताए । प्रहरीले नियमअनुसार काम गरिरहेको पुटिनको दाबी छ । शनिबार भएको आन्दोलन अवैध भएको पुटिनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment