+
+
Shares

कांग्रेसका १३ भ्रातृ संगठनको म्याद ६ महिना थप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १९:४९

१३ माघ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थपेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ११ वटा भ्रातृ संघको म्याद थप गरेको हो ।

जसअनुसार नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिना म्याद थप हुनेछ ।

बैठकले नेपाली जनसम्पर्क समिति कतार, वहराइन, मलेसिया र साउदी अरबबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गरेको छ । साथै नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई आवद्धता प्रदान गरेको छ भने जनसम्पर्क समिति युएईको विधान स्वीकृत गरेको छ । यस्तै ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल थप गर्ने निर्णय भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७४ जिल्लामा समायोजन सकिएको छ । त्यसमध्ये सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँकेलगायतका जिल्लाको केही स्थानको पुनरावलोकन आएको छ । साथै सप्तरी, बारा र सिन्धुपाल्चोकको समायोजन बाँकी छ । बैठकले समायोजनसम्बन्धी बाँकी काम यथाशीघ्र सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?