+
+
Shares

प्रभु बैंकले ६ महिनामा कमायो डेढ अर्ब मूनाफा, प्रति सेयर आम्दानी कति ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते ११:१०

१४ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंक लिमिटेडले आकर्षक प्रगति गरेको छ । बुधबार बैंकले सार्वजनिक गरेको अपस्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुमा सुधार देखिएका छन् ।

बैंकले ६ महिनामा खुद नाफामात्रै ३९.८७ प्रतिशतले बढाएको छ । यस अवधीमा प्रभुले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

प्रभुको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा २६.८२ अंकले वृद्धि भएको छ । रिर्पोर्टअनुसार बैंकले ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ८५ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब २१ करोड रुपैयाँ सञ्चित थियो । बैंकको प्रतिसेयर आम्दानी २६.७७ रुपैयाँ देखिएको छ भने प्राइस अर्निङ रेसियो १५.३१ रुपैयाँ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?