Comments Add Comment
संसद विघटन :

न्यायाधीशको प्रश्न : अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, कसरी म्यानेज गर्ने ?

१४ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा भइरहेको बहसका क्रममा न्यायाधीशले मुद्दा लम्बिएकामा चिन्ता व्यक्त गरेका छन् ।

बुधबार वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेपछि न्यायाधीश सपना प्रधान मल्लले मुद्दा लम्बिएको भन्दै चिन्ता जनाएका हुन् । ‘एउटा निवेदनमा डेढ सय वकिलहरु हुनुहुन्छ, बाहिर अदालतले मुद्दा लम्ब्यायो भन्ने छ, समय कसरी म्यानेज गर्नुहुन्छ ?’

रिट निवेदक कृष्णभक्त पोखरेलले वकिलहरुले स्वतन्त्र रुपमा बहस गर्न आएको बताए । ‘हामी लोकतान्त्रिक व्यवस्थामा छौं, स्वतन्त्र रुपमा, स्वतस्फुर्त रुपमा बहस गर्न वकिलसाबहरु आउनुभएको छ, हामीले पारिश्रमिक दिएका पनि छैनौं’ उनले भने ।

यसअघि मंगलबारको बहसमा न्यायाधीश अनिलकुमार सिन्हाले समय धेरै लागेको भन्दै हरेक रिटलाई निश्चित समय तोक्नुपर्ने भयो भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment