+
+
Shares

कर्णालीका १० ओटै जिल्लामा कोरोना खोप लगाउन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १५:०६

१४ माघ, सुर्खेत । कर्णाली प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।

कर्णाली प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. डम्मर खड्कालगायत तीनजना डाक्टरहरुले खोप लगाएर अभियान सुरु भएको हो ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले एकै पटक खोप लगाएका थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णालीका १० ओटै जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोभिड–१९ विरुद्धको खोप शुभारम्भ गरिएको छ ।

कर्णालीमा १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइएको निर्देशनालयका निर्देशक डा. खड्काले जानकारी दिए ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप पुगेको छ । प्रदेशको सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा खोप पठाइएको निर्देशक खड्काले बताए ।

कर्णालीका दश जिल्लामा पहिलो चरणको खोप कार्यक्रम ११ हजार ५८० जनामा लगाईने निर्देशक डा. खड्काले बताए । पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मी, ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

यो खोप स्वेच्छिक भएकाले फ्रन्टलाइनरका लागि पनि अनिवार्य नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खोपको शुभारम्भ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नागरिकमा खोपप्रतिको शंकालाई स्वास्थ्यकर्मीले चिर्नुपर्ने बताए । कोभिड–१९ महामारीको पहिलो खोप अभियान शुभारम्भ भएकाले यसपछि सबै नागरिकलाई खोप उपलब्ध गराइने भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?