Comments Add Comment

एपीएफ फाइनलमा, साविक विजेता पुलिस बाहिरियो

१४ माघ, काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफ प्रधानमन्त्री (पीएम) कप पुरुष क्रिकेट प्रतियोगीताको फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमीफाइनलमा एपीएफले पुलिसलाई ३० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । तेस्रो संस्करणको सेमिफाइनलमा पुलिसले एपीएफलाई पराजित गर्दै फाइनल पुगेको थियो । एपीएफले त्यस हारको बदला समेत लिएको छ ।

एपीएफ समूह ए को विजेता तथा पुलिस समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको थियो ।

एपीएफले अब उपाधिका लागि बागमती र त्रिभुवन आर्मीबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

एपीएफले दिएको २०४ रनको लक्ष्य पछ्याएको पुलिसले ४९.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७३ रनमा अलआउट भएको हो ।

पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाउँदा रासिद खानले ३४ र दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए ।

दुई सय चार रनको लक्ष्य पछ्याएको पुलिसको सुरुवात खराब रह्यो । पुलिसले ओपनर कुशल भुर्तेल लाई शून्यमा गुमायो । अर्का ओपनर सुनिल धमला तिनमा कमल सिंह ऐरीको बलमा एलबीडब्ल्यू धरापमा परे ।

सुरुवात बाटै धरमराएको पुलिसको ब्याटिङ अमित श्रेष्ठ र दीपेन्द्र सिंह ऐरीले केही सम्हाल्ने प्रयास गरेपनि अमित पाँचौ ओभरको पहिलो बलमा ब्यक्तिगत ८ रनमा पबेलीयन फर्किए । केही समय क्रिजमा टिकेका दीपेन्द्र सिंह ऐरीले ६९ बल खेल्दै ३३ रनमा विकेट गुमाए । त्यसअघि दीपेन्द्रले अनिल शाहसँग मिलेर ४६ रनको पार्टनरसीप गरेका थिए ।

अनिल शाह पनि २१ रनमा कमल ऐरीले बलमा बोल्ट आउट भए । त्यसपछि आएका कप्तान मन्जित श्रेष्ठले मात्र ३ रन बनाउन सके । पछिल्ला क्रममा ब्याट्सम्यान पवन सर्राफ र रासिद खानले क्रिज केही समय सम्हाले । ४१ औं ओभरमा पुलिसले पवन सर्राफलाइ पनि ४० रनमा गुमायो ।

४७औं ओभरको पहिलो बलमा रासिद खान ३४ रन बनाएर आउट भएपछि पुलिसले आठौं विकेट गुमायो ।

पहिलो इनिङ्समा फिल्डिङका क्रममा घाइते भएका पुलिसका आरिफ शेख १०औं नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएका थिए । उनले १३ बल खर्ल्दै १६ रन बनाए । जसमा २ चौका र १ छक्का समावेश थियो ।

सागर ढकाल ११ रनको व्यक्तिगत स्कोरमा आउट भएरपछि पुलिस अलआउट भएको हो ।

एपीएफका लागि भुवन कार्कीले ९.२ ओभरमा १ मेडन राख्दै २१ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै कमल ऐरी, अभिनाश बोहरा र कप्तान शरद भेषावकरले २-२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको थियो ।

एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । भेट्रान स्पीर बसन्त रेग्मी इन्जर्ड भएपछि एपीएफले उनको स्थानमा सूर्य तामाङलाई टिममा खेलाएका थियो । यस्तै एक्स्ट्रा ब्याट्सम्यान खेलाउने भन्दै किशोर महतोको स्थानमा शंकर रानालाई खेलाइएको थियो । शंकरले त्यसलाई केही अदसम्म न्याय गरे । यस्तै सातौं नम्बरमा ब्याटिङ गरेका भुवन कार्कीले ४२ र सन्दिप जराले ३४ रन जोडे । तर अन्य ब्याट्सम्यानले खासै राम्रो योगदान गर्न सकेनन् ।

पाँचौ ओभरको तेस्रो बलमा रासिद खानले एपीएफका आसिफ शेखलाई कट एण्ड बोल्ड गर्दै पुलिसलाई पहिले सफलता दिलाएका थिए । आसिफ १ रन बनाएर आउट भए । त्यसपछि पुलिसका आरिफ शेखले ३ विकेट लिए । आरिफले आठौं ओभरमा सुवास खकुरेलललाई व्यक्तिगत १९ रनको स्कोरमा बोल्ड गरे । १२औं ओभरमा आरिफले एपीएफका कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल शाहबाट क्याचआउट गराए भने ४औं ओभरमा सुमितलाई पवन सर्राफबाट क्याचआउट गराए । शरदले १८ र सुमितले १ रन बनाए ।

१३.३ ओभरमा ४३-३ को अवस्थामा रहेको एपीएफको इनिङस शंकर र सन्दिप जोराले उकासेका थिए ।

शंकर र सन्दिपले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । यी दुईले ६४ रनको साझेदारी गर्दै एपीएफको स्कोर सय रन कटाएका थिए ।

तर ३०औं ओभरको दोस्रो बलमा सागर ढकालले जोरालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । जोराले ४३ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए ।

त्यसपछि शंकर राना ३९औं ओभरको पहिलो बलमाआउट भए । ९६ बल खेल्दै ४ चौका मद्दतमा ४४ रन बनाएका शंकरलाई दीपेन्द्र सिंह ऐरीले पवन सर्रफबाट क्याचआउट गराए ।

यस्तै ४५औं ओभरको पहिलो बलमा दीपेन्द्रले अमर राउटेलालाई रासिद खानको हातबाट क्याचआउट गराएपछि एपीएफले १४४ रनमा सातौं विकेट गुमायो । सन्दिप जोरा आउट भएपछि क्रिजमा आएका भुवन कार्कीले त्यसपछि इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । उनले कमल सिंह ऐरीसँग आठौं विकेटका लागि ३८ रनको साझेदारी गरे । ४९औं ओभरको पहिलो बलमा ललित राजवंशीले कमललाई पवनबाटै साझेदारी ब्रेक गरे । कमलले १३ बल खेल्दै २ चौका मद्दतमा ४९ रन बनाए ।

सोही ओभरको दोस्रो बलमा ललितले भुवन कार्कीलाई विकेटकिपर अनिलबाट स्टम्पिङ गराए । भुवनले ५६ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ४२ रन बनाए ।

अन्तिम दुई बलमा अभिनाश बोहराले छक्का र चौका प्रहार गर्दै एपीएफको स्कोर दुई सय कटाएका थिए ।अभिनाशले ५ बल खेल्दै अविजित ११ रन बनाए।

बलिङमा पुलिसका आरिफ शेखले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २ विकेट लिए । १० ओभर बलङ गर्दा दीपेन्द्रले ४२ र ललितले ४४ रन खर्चे ।

यस्तै सागर ढकालले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । रासिद खानले १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment