+
+
Shares

ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १७:०४

१४ माघ, काठमाडौं । नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले बुधबार सम्मान गरेको छ ।

बसुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

‘कलिलो उमेरदेखि ब्याडमिन्टन र्‍याकेट समात्दै विभिन्न बाधा अवरोधलाई झेल्दै विश्व ब्याडमिन्टन महासंघको यू १९ तर्फको वरीयतामा तेश्रो नम्बरमा उक्लन सफल भई राष्ट्र, ब्याडमिन्टन खेल, संघ र खेल क्षेत्रको उच्च शान र मान राख्न सफल भएकोमा त्यसको कदर स्वरुप कदरपत्रद्वारा सम्मान गरिएको छ’ कदर पत्रमा उल्लेख छ ।

सोही क्रममा ब्याडमिन्टन खेल सामग्री उत्पादक संस्था योनेक्सको आधिकारीक बिक्रेता योनेक्स सनराइज नेपालको तर्फबाट प्रोपाइटर राजु बास्तोलाले ब्याडमिन्टन र्‍याकेटसहित खेल सामग्री प्रदान गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सदस्य सचिव सिलवालले प्रिन्सको उपलब्धीले विश्व खेल मञ्चमा नेपालीहरुको शान उच्च राख्न सफल भएको भन्दै आगामी दिनमा विश्व ब्याडमिन्टनको वरीयतामा १ नं.मा उक्लन सफल हुनु पर्ने बताए ।

यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठले नेपालका उदियमान खेलाडीलाई आजको अवस्थामा आईपुग्नका लागि नेपाल ब्याडमिन्टन संघले विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको पहल सहित सहयोग गरेको बताए ।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उदेश्यका साथ विगत ५ वर्षदेखि एकेडेमी सञ्चालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्निन्स दाहाल मात्र नभई रत्नजित तामाङ लगायत विभिन्न खेलाडीहरुलाई सम्मान गर्दै आइरहेको बताए ।

कार्यक्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह, अन्तराष्ट्रिय निर्णायक एवं काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, अन्तर्राष्ट्रिय निर्णायकद्वय किरण काजरञ्जित, उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन लगायत ब्याडमिन्टन खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?