Comments Add Comment

केटिएमले ग्राहकहरुलाई ‘प्रो एक्सपिरियन्स’ प्रदान गर्ने

प्रिमियम मोटरसाइकल ब्राण्ड मानिएको केटिएमले विभिन्न उत्साहजनक प्रपर्टिज्हरुको घोषणा गरेको छ । चालकहरुलाई प्रिमियम, प्रो–बाइकिङ्ग अनुभव प्रदान गर्न कम्पनीले उक्त घोषणा गरेको हो । यसमा केटिएम एड्भेन्चर टुर्स पनि समावेश छ, जसमा विज्ञहरुको निर्देशनमा विभिन्न रोमाञ्चक स्थानहरुमा उकाली–ओरालीको मजा लिने लामो–दूरीका टुरहरु पर्छन् ।

त्यसैगरी केटिएम राइडस्मा सु–प्रसिद्ध गन्तव्यहरुमा लामो वेकएण्डको यात्रा पर्दछ, जसमा विज्ञ राइडरहरुको निर्देशनमा राइडिङ्ग र रोमाञ्चको अद्भूत मिश्रण पाइन्छ ।

केटिएमले मास्टर ट्रेनरहरुको मद्दतले केटिएम राइडरहरुलाई उनीहरुको अनुभवद्वारा निर्देशित गर्नेछ । मास्टर ट्रेनरहरु स्थापित राइडरहरु हुन् र ट्रेल्स, टम्र्याक र ट्रयाकहरुको स्पेस्लेष्ट (विशेषज्ञ) हुन् ।

यी रोमाञ्चक कार्यक्रमहरुमा मास्टर ट्रेनरहरुको पूर्ण निर्देशन हुनेछ र आफ्नो कौशलता र अनुभव बाँड्नको लागि केटिएम राइडरहरुका साथ उहाँहरु पनि यस प्रो एक्सपिरियन्सेसमा सँगै हुनेछन् ।

यस अवसरमा बोल्दै हन्सराज हुलासचन्द एण्ड क. लि.का डि.जी.एम (प्रोबाइकिङ्ग), विजय मोक्तानले भने, ‘नेपालको बाइकिङ्ग उत्साहिहरुको माझमा केटिएम सबैभन्दा मनपराइएको युरोपियन मोटरसाइक्लिङ्ग ब्राण्ड हो र हामी हाम्रा ग्राहकहरुलाई विश्व–स्तरीय प्रो– बाइकिङ्ग अनुभव प्रदान गर्न चाहन्छौं ।’

उनले थपे ‘जब उहाँहरुले केटिएम खरिद गर्नुहुन्छ, उहाँहरुले उत्कृष्ट मेशिन मात्र नभई ट्रयाक, एड्भेन्चर वा स्ट्रीटहरुमा प्रो–एक्सपिरियन्सेस प्राप्त गर्ने बाटो पनि पाउनुहुनेछ । प्रो–एक्सपिरियन्सेसको पहिलो यात्राको घोषणा गर्न पाउँदा हामी ज्यादै खुशी छौं ।’

केटिएम प्रो–एक्सपिरियन्सेस प्रपर्टिज के हो ?

केटिएम एड्भेन्चर टुर्सले भर्खरै लन्च गरिएको केटिएम ३९० एड्भेन्चरको लागि पहिलो ओनर संलग्नता कृयाकलापहरु निर्दिष्ट गरेको छ ।

यस अन्तर्गत विभिन्न लामो–दूरीका मार्की राइडहरु समावेश छन्, जसमा सु–प्रसिद्ध अद्भूत गन्तव्यहरुमा यात्रा गर्ने अवसरहरु प्राप्त हुनेछ ।

यी टुरहरु ७–८ दिनको हुनेछ । एड्भेन्चरको वास्तविक अनुभूति दिने यस यात्रामा केटिएम मास्टर ट्रेनरहरु र राइड विज्ञहरुको निर्देशनमा विभिन्न रोमाञ्चक स्थानहरुमा उकाली–ओरालीको मजा लिन सकिनेछ । यी हरेक टुरहरुमा मद्दत र सुरक्षाको लागि सम्पूर्ण तवरले इक्वीप्ड टोलीका साथ सेवा र मेडिकल सपोर्टको साथ हुनेछ ।

केटिएम राइडस्लाई स्ट्रीट रेन्ज ओनरहरुका लागि उत्कृष्ट लामो विकएण्ड गेटअवेकोरुपमा परिकल्पना गरिएको छ । मुख्य शहरहरुबाट सुरु भएर उत्साहजनक लोकेशनमा हुने यी २÷४ दिने टुरहरुमा शानदार रोमाञ्चक राइडिङ्ग र समकालीन राइडरहरुसँगको रमाइलो बोण्डिङ्गको समिश्रण पाइनेछ ।

ओनरहरुले अब सु–प्रसिद्ध गन्तव्यहरुमा यात्रा गर्ने अवसर प्राप्त गर्नेछन् । केटिएम राइड्सको लिड वर्षौंको राइडिङ्ग अनुभव बोकेको केटिएम राइड विज्ञहरुद्वारा गरिनेछ । हरेक टुरहरुमा उच्चस्तरीय सुरक्षाको लागि सम्पूर्ण तवरले इक्वीप्ड टोलीका साथ सेवा र मेडिकल सपोर्टको साथ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment