+
+
Shares

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:०९

१५ माघ, सप्तरी । सप्तरीमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित नहरको बाटोको छेउमा बिग्रेर राखिएको पुरानो रोलरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ३ जना सवार स. ३ प. ३०४७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर रोलरमा ठोक्किँदा चालक तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुरा निवासी ३० वर्षीय शिवकुमार मुखियाको मृत्यु भएको छ ।

मुखियासहित मोटरसाइकलमा सबार सोही ठाउाका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंग घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगर लगेकोमा शिवकुमारको सोही क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार त्यही भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?