+
+

संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १२:५१
फाइल तस्वीर

१५ माघ, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् ।

केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले उर्दू गजलका शेर वाचन गरेका थिए । आज भने वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले अञ्जु पन्तको गीत स्मरण गरे ।

अञ्जु पन्तले गाएको ‘न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’ बोलको गीतको प्रसंगसँग जोड्दै घिमिरेले भने, ‘दुई–दुई वटा संविधान सभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो यो विघटनले ।’

आफ्नो बहसको निष्कर्षमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै खारेजीको माग गरे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसमा भाग लिनेहरुका लागि आजबाट १५ मिनेटको समय तोकिदिएका छन् । वरिष्ठ अधिवक्ता घिमिरेले १५ मिनेटभित्रै आफ्नो बहस सके ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?