
१५ माघ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले माउन्ट केटु हिमाल हिउँदयाममा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरुलाई बधाई दिएका छन् ।
राजदूत क्वात्राले नेपाली आरोहीहरुको फोटो सामाजिक सन्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘उहाँहरुको अदम्य साहस र टीम वर्कलाई सलाम ।’
निर्मल पुर्जासहितका नेपाली १० आरोहीहरु ३ माघमा विश्वको दोस्रो अग्लो हिमाल के टुको चुचुरोमा पुगेका थिए ।
पाकिस्तानमा पर्ने माउन्ट केटु आरोही नेपाली टोली १३ माघमा काठमाडौंमा फर्किएको थियो । सोही दिन उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सम्मान गरेका थिए । पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उनीहरुलाई स्वागत गरेका थिए ।
त्यसअघि पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले राष्ट्रपति कार्यालयमा नेपाली आरोहीहरुलाई बोलाएर सम्मान गरेका थिए ।
रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई। उहाँहरूको अदम्य साहस र टीम वर्कलाई सलाम
फोटो क्रेडिट: @nimsdai@MEAIndia @PMOIndia pic.twitter.com/iovdZ0J5Yr— Amb Vinay Mohan Kwatra (@AmbVMKwatra) January 28, 2021
प्रतिक्रिया 4