Comments Add Comment

अझै धेरै भारतीय कोरोना खोप सार्वजनिक हुने मोदीको विश्वास

१६ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दिनमा अझै धेरै भारतीय कोरोना खोप सार्वजनिक गर्ने बताएका छन् । बिहीबार वर्ल्ड इकोनोमिक फोरमको भर्चुअल सम्मेलनमा बोल्दै मोदीले भारतले आफ्नो खोप निर्यात गर्दै अन्य मुलुकका नागरिकहरुको पनि ज्यान बचाइरहेको दाबी गरेका छन् ।

मोदीले भने, ‘अहिलेसम्म जम्मा दुई भारतीय कोरोना खोपले मान्यता पाएका छन् । तर भविष्यमा धेरै भारतीय कोरोना खोप उपलब्ध हुनेछ ।’ मोदीले भारतले खोपसँग सम्बन्धित संरचना बनाउँदै आफ्नो विश्वव्यापी जिम्मेवारी पूरा गरेको जिकिर गरे ।

भारतले अहिलेसम्म अक्सफोर्ड र एस्ट्राजेनेकाबाट अनुमति लिएर सेरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड र भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

भारतमा जनवरी १६ बाट कोरोना खोप कार्यक्रम सुरु भएको थियो । अहिले करिब २४ लाख स्वास्थ्यकर्मीहरुले कोरोना खोप लगाइसकेका छन् । आगामी जुलाईसम्म मुलुकका ३० करोड मानिसहरुलाई खोप पुर्‍याउने भारतको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment