Comments Add Comment

जरुरी परे संसद बैठक बस्छौं : प्रचण्ड

फाइल तस्वीर

१६ माघ, विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् ।

शुक्रबार बिराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । ‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘जरुरी पर्‍यो भने बैठक बस्छौं । सभामुखले बैठक बोलाउँछन्, हामी उपस्थित हुन्छौं ।’

यद्यपि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर अहिले बैठक नबसेको उनले सुनाए । ‘सर्वाेच्चले पक्कै पनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं,’ उनले भने, ‘जरुरी परे विकल्प जनतासँग छ ।’

ओली प्रतिक्रियावादीहरुको गोटी बनेको र सामन्ति दलालहरुसामू लम्पसार परेको उनको आरोप छ ।

संसद भंग गरेर प्रधानमन्त्री ओली श्री ३ हुन खोजेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए । त्यसका लागि काठमाडौंमा माघ २८ गते निर्णायक प्रदर्शन गर्ने तयारी भइरहेको भन्दै उनले धेरै आउन सम्भव नभए पनि प्रतिनिधिमुलक रुपमा उपस्थित हुन प्रदेश १ का नेता कार्यकर्तालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment