Comments Add Comment

लघुकथा : नोटिफिकेशन

केटो कोठामा बसेर मोबाइल चलाइरहेको छ। बेलाबेला फेसबुकमा के नयाँ समाचार आयो भनेर हेर्छ । बेलाबेला इन्टाग्राममा कतिवटा लाइक पाएँ भनेर हेर्छ। यीबाहेक कि त युट्युबमा भिडियो हेर्दै, कि त पब्जी खेल्दै समय काटिरहेको छ।

छोरो बिहानदेखि बेलुकासम्म मोबाइलमा तल्लीन भएको देखेर आमा चिन्तित छिन्।

केटाकी आमा  हैनकति चैँ चलाएको मोबाइल ? त्यो मोबाइभित्रै छिरुँलाजस्तो गरी नचला त जा बहिर गएर हावा खाएर आ !

केटो– ह्या मम्मी के बाहिर जानु। झन् याँ जितिराको बेला बाहिर जा नभन्नु न ! आमा  बाहिर जा भनेको सुनिनस् ? आहिले ड्याडीलाई भनें भने मोबाइल सोबाइल फुटाइदिनुहुन्छ।

केटो एकै छिन सोच्छ।

केटो– ल  ल एकैछिनमा आइहाल्छु । मःमः खाएर आउँछु।

केटो आफ्नो पर्स र मोबाइल गोजीमा हाल्छ र कोठाबाट निक्लिन्छ।

घरबाट निक्लिना साथ गोजीमा राखेको मोबाइल झिक्छ। डाटा अन गर्छ र फेरि मोबाइलमै लिप्त हुन्छ। उसलाई आफू वरपर के भइरहेको छहोस हुँदैन।

हिँड्दैमोबाइल चलाउँदै अघि बढ्छ। हिँडिरहेको हुन्छनजिकै एउटा केटाले एउटी केटीलाई जबरजस्ती हात समातेर तानेर लगिरहेको हुन्छ। तर, मोबाइलमा हराएको केटाले यो घटना देख्दैन। रामको मोबाइलमा नोटिफिकेशन आउँछ।

फलानो गल्लीमा दिनदाहाडै युवतीको अपहरण र बलात्कार

केटो नोटिफिकेशन पढ्छ र भन्छ– छ्याहाम्रै घर नजिकै पो भएको रहेछ। बिचरा !

त्यो न्युजलाई आफ्नो समाजिक सञ्जालमा सेयर गर्छ ।

बाटोमा एउटा सानो जात्रा भइरहेको हुन्छ। जात्रामा मानिसहरु नाचिरहेका हुन्छन्। तर, मोबाइलमा डुबेको केटाले यो कुरा देख्दैन। जात्रा कट्ना साथ उसको मोबाइलमा नोटिफिकेशन आउँछ।

फलानो चोकमा फलानो देउताको जात्रा सम्पन्न

केटो नोटिफिकेशन पढ्छ र भन्छ– कहिले भएको रहेछ यो जात्रा फेरि थाहा नै भएन। येसो हेर्न जान हुन्थ्यो। कस्तो छुटेछ।

केटो जात्राको समाचारलाई लाइक गर्छ ।

नजिकै एक ठाउँमा झगडा भइरहेको हुन्छ। तरउसले त्यो पनि देख्दैन। ऊ मोबाइलमै तल्लीन भएर अघि बढ्छ। झगडा भएको ठाउँ कट्नासाथ उसको मोबाइलमा नोटिफिकेशन आउँछ।

फलानो गल्लीमा झगडा

केटो नोटिफिकेशन पढ्छ र भन्छ– लौ आफ्नै केटाहरु पो झगडामा परेछन्। थाहा भाको भए यसो जान हुन्थयो नि  हत्तेरी !

केटो मोबाइल चलाउँदै अघि बढिरहेको हुन्छ। साँघुरो गल्लीबाट बाहिर मेन सडकमा निक्लिन्छ। मेन सडकमा धेरै गाडीको चाप हुने भएकाले केटो अलि सतर्क हुनुपर्यो भन्ने सोचेर मोबाइलबाट आँखा हटाएको मात्र हुन्छधेरै गतिमा आइरहेको गाडीले उसलाई ठक्कर दिन्छ।

सडकमा केटो ढलेको छ। जताततै रगत बगेको छ। वरपर मानिसहरुको भिड लागेको छ। टि…डिङ गरेर उसको मोबाइलमा नोटिफिकेशन आउँछ। नोटिफिकेशनको आवाजले केटो होसमा आउँछ।

दुखिरहेको रगताम्मे हातले मोबाइल अनलक गर्छ र नोटिफिकेशन हेर्छ– फलानो चोकमा दुर्घटना !

आफू लडिरहेको र घाइते भएको तस्बिर र समाचार देख्छ। समाचार लाइक र सेयर गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment