Comments Add Comment

डब्ल्यूएचओद्वारा कोरोना खोप निर्यातमा कडाइ गर्ने ईयूको नीतिको विरोध

१८ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपेली संघ (ईयू)को कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा कडाइ गर्ने घोषणाको आलोचना गरेको छ । यस किसिमको नियमले विश्वमा महामारी अझै लम्बिन सक्ने डब्ल्यूएचओको भनाइ छ ।

ईयूले खोप निर्माताको उत्पादनमा देखिएको समस्याको कारण खोप निर्यातमा कडाइ गर्नु जरुरी रहेको बताउँदै आएको छ । तर, डब्ल्यूएचकी उपप्रमुख मारियानगेला सिमाओले यो निकै चिन्तालाग्दो प्रवृत्ति भएको बताएकी छिन् । यसअघि डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयससले ‘खोप राष्ट्रवाद’ले महामारी अन्त्य हुन लामो समय लाग्न सक्ने बताएका थिए । यसले विश्वमा असमानता बढाउन सक्ने चेतावनी पनि गेब्रेयेससले दिएका छन् ।

ईयूले भने सबैभन्दा पहिलो प्राथमिकता आफ्ना नागरिकहरुलाई दिइने बताउँदै आएको छ । ईयूले लगाउन लागेको खोप निर्यातमा कडाइको निर्णयले विश्वका एक सयभन्दा धेरै मुलुकहरु प्रभावित हुनेछन् । ईयूले भने निर्यातमा अहिले केही समयका लागि कडाइ गरिएको र यो निर्यातमा लगाइएको प्रतिबन्ध नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment