Comments Add Comment

गोरखा भूकम्पको अध्ययनमा लोकविजय अधिकारीलाई विद्यावारिधि   

१८ माघ, काठमाडौं । ‘अहिले भर्खरै गएको भूकम्पको केन्द्रबिन्दु कहाँ हो सर ? कति रिक्टरको भूकम्प’ आदि प्रश्न दैनिकजसो पत्रकारले राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीलाई राख्दथे ।

विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि धेरै पत्रकारको जिज्ञासा मेटाउनमै लोकविजयको समय जाने गरेको थियो । उनै लोकविजयले भूकम्पसम्बन्धी यस्तै प्रश्नका विषयमा विद्यावारिधि हासिल गरेका छन् ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट अधिकारीले गोरखा भूकम्प र त्यसको परकम्पको अध्ययनमा फ्रान्सको पेरिस विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । उनले आफूले विद्यावारिधि गरेको विषय फेसबुकमा लेखेका छन् ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता जयराज घिमिरेले विभागका वरिष्ठ सिस्मोलोजिष्ट अधिकारीले गोरखा भूकम्पको तथ्याङ्कबारे विद्यावारिधि उपाधि प्राप्त गरेको जानकारी दिए । उनीसँगै जापानको टोकियो विश्वविद्यालयबाट विभागकै सिस्मोलोजिस्ट मुकुन्द भट्टराईले पनि विद्यावारिधि गरेका थिए ।

भट्टराईले गोरखा भूकम्पपछि काठमाडौँको भूकम्पीय जोखिम सङ्कलन गरी त्यसले भौतिक संरचनामा पार्ने प्रभावका विषयमा एक महिनाअघि विद्यावारिधि गरेका थिए । गोरखा भूकम्पपछि केन्द्रको स्टेशनले मापन गरेका भूकम्पीय तरङ्गको नेपालमै बसेर नेपाली प्रविधि र स्रोतसाधनबाटै अध्ययन गरी विद्यावारिधि प्राप्त गरिएको र यसले भविष्यमा भूकम्पको जोखिमबारे अध्ययन अनुसन्धान गरी बेलैमा सचेतना अपनाउने कार्यमा सहयोग पुग्ने भट्टराईले बताए ।

यता अधिकारीले गोरखा भूकम्पले धेरै नयाँ कुराको अध्ययन गर्न बाटो खोलिदिएको र यो भन्दा पहिला अध्ययन हुन सकेको विषय भएकाले भविष्यमा पनि धेरै अर्थ राख्ने काम गर्न पाएकामा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment