Comments Add Comment

खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम हुँदै

१८ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले माघ २० गते ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयं खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रम आयोजना गरेको राखेपले जनाएको छ ।

कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा भवनमा अपरान्ह १ बजे सुरु हुनेछ । खेलकुदको विकास–विस्तार र समसमायिक विषयका बारेमा प्रधानमन्त्रीबाट सम्वोधन हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी, प्रशिक्षक, संघ–संस्था, कर्मचारीलगायत खेलकर्मीलाई बोलाइएको छ ।

त्यस्तै युवा तथा खेलकुदमन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यक्रम पनि रहेको राखेपले विज्ञप्‍तिमा उल्लेख गरेको छ ।

राखेपले कोरोनाका कारण प्रभावित भएको नेपाली खेलकुदलाई सामान्य अवस्थामा फर्काउन प्रदेशस्तरमा खेलकुदसम्बन्धी अभिमुखीकरण  कार्यक्रम गरिरहेको छ ।

अन्तर्क्रिया कार्यक्रममा सम्बन्धित विषयका विज्ञद्वारा खेल व्यवस्थापन, प्रशासनिक सहजीकरण र संयोजन, तालिम तथा प्रशिक्षण विभाग सहजीकरण र संयोजन, प्रशिक्षक प्रशिक्षण, स्पोर्ट्स मेडिसिन र डोपिङ, मोटिभेसन, खेल समाजशास्त्र तथा लैंगिक हिंसा र खेल मनोविज्ञानलगायत अन्य विषयमा प्रशिक्षण दिइने राखेपको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment