+
+
Shares

युवालाई सहुलियतमा ऋण दिने कर्णालीका मुख्यमन्त्रीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते २०:३०

१८ माघ, सुर्खेत । कणर्ालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ व्यवसाय गर्न चाहने युवालाई सहुलियतमा ऋण दिने बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पाँच दिने विजनेस इन्कुवेशन एण्ड बुट क्याम्पमा सहभागी युवासँगको कुराकानीमा मुख्यमन्त्री शाहीले नयाँ व्यवसायको प्रस्ताव लिएर आउन आग्रह गरे ।

‘सरकार युवाहरुलाई रोजगार बनाउने कामतर्फ उन्मुख छ,’ उनले भने, ‘तपार्ईंहरुले आफूले गर्न चाहेको ठोस व्यवसायको योजनासहित सरकारलाई प्रस्तावना पेश गर्नुस् हामी सहुलियतमा ऋण उपलब्ध गराउँछौं ।’

मुख्यमन्त्री शाहीले विभिन्न योजनाका लागि रकम माग गर्ने र उत्पादनमुलक काममा खर्च नगर्ने प्रवृत्ति बढेको भन्दै फजुल खर्च गर्न ऋण नदिने बताए ।

प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत पनि युवाहरुलाई स्वरोजगार बनाउने काममा लागिरहेको उनले बताए । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट विनियोजन गरेको भन्दै मुख्यमन्त्री शाहीले कणर्ालीका ७ सय १८ वटै वडामा कार्यक्रम लागू गरिएको जनाए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?