Comments Add Comment

सभामुख अल्पमतको सरकारको लाचार छाया : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशसभाको बैठक तत्काल बोलाउन माग

१९ माघ, हेटौंडा । नेकपा (प्रचण्ड–माधव समूह) ले बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित गरेको भन्दै आपत्ती जनाएको छ । उसले प्रदेशसभाका सभामुख अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणीसमेत गरेको छ ।

आज तय भएको बागमती प्रदेश सभाको बैठक स्थगित गरेपछि नेतृ अष्टलक्ष्मी शाक्यले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘२०७७ साल माघ १९ गते बोलाइएको प्रदेशसभाको बैठक मिति २०७७ माघ १८ गते राति ९:१५ बजेको विद्युतीय सूचनामार्फत् अकस्मात र विनाकारण फागुन ५ गते बस्ने गरी स्थगित गरिएको सूचनाप्रति हाम्रो दलको घोर आपत्ती रहेको छ । यसबाट संसदीय मूल्य, मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभाको नियमावली समेतको घोर उल्लंघन गर्दै प्रदेश सभाका माननीय सभामुख अल्पमतको सरकारको लाचार छाया बन्न पुगेको स्पष्ट देखिन्छ ।’

यो पनि पढ्नुहोस बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको उनले बताइन् । नेतृ शाक्यले तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।

आजका लागि तय भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले ९ माघमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । सो समूहले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतासमेत चयन गरेको छ ।

हेर्नुहोस् शाक्यले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment