Comments Add Comment

नुवाकोटमा ईश्वर पोखरेललाई अवरोधको प्रयास

१९ माघ, काठमाडौं । नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।

पोखरेल चढेको गाडीलाई लक्षित गरेर कार्यकर्ताहरुले ढुंगा हानेका थिए । तर, पोखरेलको गाडी छेउमा रहेको एक संस्थानको गाडीको सिसा फुटेको छ ।

यसअघि प्रचण्ड–माधव समूहका कार्यकर्ताले कालो झण्डा देखाउँदै मन्त्री पोखरेलको विरोध गरेका थिए । घटनापछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो, जसमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

हाल स्थिति नियन्त्रणमा आइसकेको र मन्त्री पोखरेल कार्यक्रममा सहभागी भइरहेको बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले अनलाइनखबरलाई बताए ।

उपप्रधानमन्त्री पोखरेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरु कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज नुवाकोट सदरमुकाम विदुर पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment