Comments Add Comment

लोकगीतको सेन्सरका लागि श्रष्टाहरुबाटै सहयोग भएनः रमेश बीजी

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले लोकदोहोरी गीतमा देखिएको विकृतिलाई कम गर्न आन्तरिक सेन्सरको योजना बनाएको थियो । प्रतिष्ठानको अध्यक्षमा निर्वाचित भएसँगै रमेश बीजीले छिट्टै आन्तरिक सेन्सर बोर्ड गठन गरेर लोकदोहोरी गीतमा सेन्सरको सुरुवात गर्ने बताएका थिए ।

लोक दोहोरीसँग सम्बन्धित कलाकारले गीत सार्वजनिक गर्नुअघि प्रतिष्ठानबाट सेन्सर गरेर मात्र सार्वजनिक गर्नुपर्ने योजनाका साथ छलफल अगाडि बढेको थियो ।

गीत सार्वजनिक गर्नुअगाडि दोहोरीगीत प्रतिष्ठानमा दर्ता गरेर सेन्सर पासको प्रमाणपत्र दिएपछि मात्र बजारमा आउने प्रतिष्ठानले बताएको थियो । यसले लोकदोहोरी क्षेत्रमा देखिएको विकृति कम गर्न भूमिका खेल्ने विश्वास प्रतिष्ठानको थियो ।

तर, प्रतिष्ठानको यो योजना अगाडि बढ्न सकेको छैन । अध्यक्ष बीजीले आन्तरिक सेन्सरको योजना अगाडि सारेपनि स्रष्टाहरुबाटै सहयोग नभएको बताए ।

‘यसमा स्रष्टाहरुबाट नै सहयोग भएन’ बीजीले अनलाइनखबरसँग भने,–‘धेरै श्रष्टाहरुले गीत कहिले बिहान त कहिले बेलुकी सार्वजनिक गर्नुपर्छ भन्दै प्रतिष्ठानमा सेन्सर गर्नका लागि समय नहुने बाउनुभयो ।

राज्यले नै स्वतन्त्र छाडेकाले पनि हामीलाई समस्या भयो ।’ उनले, यसका लागि अब छुट्टै संयन्त्र बनाउने बताए । यसका लागि छलफल समेत अगाडि बढाएको रमेशको तर्क छ ।

लोकगीत सेन्सर नगरी बजारमा आउँदा यसमा अश्लिलता भित्रिएको छ । जसलेगर्दा, पछिल्लो समयका धेरै लोकगीतहरु हेर्न र सुन्न नसकिने भएको गुनासो श्रोता तथा दर्शकले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment