Comments Add Comment

नेप्से दोहोरो अंकले बढ्यो, होटल समूह उचालिदा लघुवित्तमा पहिरो

मर्जरको हल्लाले सेञ्चुरी बैंकको सेयर मूल्य बढ्यो

१९ माघ, काठमाडौं । साताको दाेस्राे दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय  माथि पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आइतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।

सोमबार सबैभन्दा धेरै कमाउनेमा होटल समूहका लगानीकर्ताहरु देखिएका छन् । होटल समूहको सबइन्डेक्स करिब ८.७६ प्रतिशतले वृद्धि भएको छ । लघुवित्त समूह भने घटेको छ । सोमबार सबैभन्दा धेरै गुमाउनेमा लघुवित्त समूहका लगानीकर्ताहरु नै देखिएका छन् ।

उता आज धेरै बढ्नेकाे पहिलो नम्बरमा प्रोगेसिभ फाइनान्स र दोस्रो नम्बरमा सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नविल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाका कारण सेञ्चुरीको सोमबार सेयर मूल्य बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment