Comments Add Comment

मिथिला र अशोकको ‘आर्शिवाद’

विदेशिएका सन्तान र उनीहरुको आमाको कथा बोलेको गीत ‘आर्शिवाद’ सार्वजनिक गरिएको छ । सार्वजनिक यो गीतको भिडियोमा कलाकार मिथिला शर्मा र अशोक कुमार तिमिल्सिनाको अभिनय छ ।

कोरोना कारण विदेशबाट नेपाल आउन नसकेको छोरा र बिरामी पर्दा पनि सन्तानको मुख हेर्न नपाएकी आमाको कथा भिडियोमा देखाइएको छ । भिडियोमा केतन क्षेत्रीको स्वर, सुरज गैरे र अशोक कुमारको शब्द, सुवास भुषालको संगीत छ । भिडियोको निर्देशन अशोकले नै गरेका हुन् ।

राकेश महर्जन, रवि कँडेल र सनिष श्रेष्ठको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment