+
+

‘भिकिङ २२२’ मोडलका बस ग्राहकलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १८:०६

आइएमइ मोटर्स प्रालीद्वारा प्रवद्धित अशोक लेलैण्डले भिकिङ२२२ मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सबै गाडीका मोडलहरु २०२१ का रहेका छन्।

यी मोडलका बस १०० वटा भन्दा बढी सडकमा गुडिरहेको कम्पनीले जनाएको छ। यो बस रुट बसमा चल्ने बसमध्ये सबैभन्दा रुचाएको कम्पनीको दाबी छ।

यसमा इनलाईन फ्युल पम्प छ। साथै एच सिरिज इन्जिन रहेको छ। जसले गर्दा इन्धन कम खपत हुन्छ र कम मर्मत खर्च लाग्छ। यो बसमा ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएकोले १८० एचपी इन्जिनमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीको भनाइ छ।

रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभसहित धेरै माइलेजले गर्दा यो गाडी अन्य गाडी भन्दा फरक र विश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताए। नेपालमा हरेक लामो दुरी रुटमा भिकिङ गाडीहरु चल्दै आएका छन्।

अत्याधिक मागअनुसार कम्पनीले ग्राहकहरुलाई विशेष सर्भिस सेवा दिदैँ आएको बताएको छ। कम्पनीको १३ वटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिन्छ। कुनै पनि ठाउँमा गाडी बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?