+
+

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि

बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १८:१४

१९ माघ, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

उक्त सेयर निष्काशन गर्न लागिरहेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारण सेयरको निष्काशन गर्नका लागि केयर रेटिङ्ग नेपाल लिमिटेडले केयर–एनपी बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यस साधारण सेयरको बिक्रीको लागि आगामी २३ गतेदेखि २७ गतेसम्म खुल्ला रहेनेछ ।

यस साधारण सेयर निष्काशन गर्न लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो ।

आफ्नो उद्देश्य बमोजिम हाल यस कम्पनिले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने उद्देश्य सहित २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ ।

साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजना मध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ । त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भईसकेको छ ।

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण सेयर बाडँफाड भईसकेको छ । रु. २ अर्ब ५० करोड अधिकृत पूँजि रहेको उक्त कम्पनीको यस निष्काशन पश्चात् चुक्ता पुँजी रु. १ अर्ब ८० करोड रहनेछ ।

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताहरुको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ । यसले गर्दा इच्छुक लगानीकर्ताहरुले सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनको तोकीएको शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?