+
+
Shares

देशभर १ लाख १३ हजारभन्दा बढीले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते १९:४०
फाइल तस्वीर

१९ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको छैटौं दिन सोमबारसम्म देशभर १ लाख १३ हजारभन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १९१ खोप केन्द्रबाट कुल १ लाख १३ हजार १७५ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

प्रदेश १ मा १५ हजार ३२९, प्रदेश २ मा १५ हजार २४, बागमती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा ६ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ८५७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?