Comments Add Comment

सुकीलाई रिहा गर्न तरुण दलको माग

२० माघ, काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ ।

तरुण दलले प्रजातन्त्रवादी नेतृ सुकीलगायतलाई रिहा गर्न र जनमतको कदर गर्न त्यहाँको सेनालाई आग्रह गरेको छ ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्मा (म्यानमार) को सैनिक प्रवृतिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसदको आधिकारीक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रका धरोहर विश्व समाजवादी नेता आङ सान सुकी लगायत अपदस्त नेताहरुलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रीय समिति चेतावनी दिन चाहन्छ ।’

विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रता प्रेमी जनसमुदायसँग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने पनि तरुण दलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment