+
+

सौगात र सुवर्णको लगानीमा ‘दि सेक्रेट्स अफ राधा’ निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १२:२२

नायक सौगात मल्ल चलचित्र निर्माणमा अघि सरेका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । उनले, निर्माण गर्न लागेको चलचित्रको नाम ‘दि सेक्रेट्स अफ राधा’ राखिएको छ ।

माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा यो चलचित्र बन्दैछ । निर्देशक सुवर्ण थापाले सौगातसँग चलचित्र बनाउन लागेको पुष्टी गर्दै चाडै नै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने जानकारी दिए ।

यो चलचित्र यतिबेला धमाधम वर्कशप चलिरहेको छ । सौगात मल्ल र सुवर्णले मिलेर बनाउन लागेको चलचित्रको कथा भने खुलाइएको छैन ।

सुवर्णले निर्देशन गरेका ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतले चर्चा पाएका थिए । नेपाली चलचित्रका धेरै नायकहरु चलचित्र निर्माणमा अघि सरिरहेको बेलामा सौगात पनि निर्माणमा अघि आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?