
२० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा २ हजार ९४६ जनाको नमुना परीक्षण गर्दा ७१ जना महिला र १०० जना पुरुष गरी कुल १७१ जनामा सक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३० जनाको मृत्यु भएको छ ।
हाल देशभर २ हजार ४०० जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८६४ जनाको होम आइसोलेसनमा छन् भने ६८ जनाको आईसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4