
२० माघ, काठमाडौं । माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ । नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि दरबारमार्गमा आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।
सो दिनमा थुप्रै ट्राफिक प्रहरी जामको व्यवस्थापन गर्न खटिनु पर्ने भएपछि महाशाखाले परीक्षामा प्रहरी खटाउन नसकिने भएकाले स्थगित गरेको महाशाखाले जनाएको छ । लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भर्याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4