+
+
Shares

भारतले पठायो नेपालका लागि पाँचौँ खेपको सहयोग

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते ९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि ११ जनाको उद्धार टोली र ५.५ टन औषधिसहित पाँचौँ खेपको सहयोग नेपाल पठाएको छ।
  • भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सहयोग विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी गराएका छन्।
  • यसअघि १४ भदौमा भारतले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो विमान नेपाल पठाएको थियो।

१७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान पाँचौं खेपको सहयोग विमानमार्फत नेपाल पठाएको जानकारी गराएका छन् ।

उनले उद्धार तथा खोजीका लागि विशेष उपकरणसहित ११ जनाको उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधिक लिएर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिए ।

यसअघि १४ भदौमा भारतले बाढी प्रभावितका लागि ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो विमान नेपाल पठाएको थियो ।

नेपालमा हाल उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको छ। भारतसहित विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरूले प्रभावित क्षेत्रका लागि सहयोग उपलब्ध गराइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?