Comments Add Comment

अनेसास महिला समितिले कविता प्रतियोगिता गर्दै

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा विश्वभरका महिलाले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिलाको जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ भने द्वितीय र तृतीय हुने कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने छ । कविता मा २० मार्च २०२१ सम्ममा पठाइसक्नु पर्नेछ छ ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment