+
+
Shares

थप १४२ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १७:३८

२१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५९७ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुष गरी कुल १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । उनीहरु मध्ये २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८८१ जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?