
२१ माघ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन्।
विशेष अदालत काठमाडौंले गुरुङसँग २ करोड रुपैयाँ धरौटी मागेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजालसले गुरुङलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4