+
+
Shares

संवैधानिक निकायहरुमा नियुक्ति असंवैधानिक र अनैतिक : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १९:०५

२१ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक निकायहरुमा भएको नियुक्ति असंवैधानिक र अनैतिक भएको बताएका छन् ।

जसपा अध्यक्ष यादवले अनलाइनखबरसँग भने, ‘काम चलाउ सरकारले असंवैधानिक अध्यादेश ल्याएर कामचलाउ सरकारले गरेको नियुक्ति अनैतिक र असंवैधानिक हो ।’

विवादका बीच सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिइन् । त्यसको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आम हड्तालको आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?