Comments Add Comment

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ

२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण आन्दोलनका क्रममा धरपकड गरेर सरकारले द्वन्द्व तिम्त्याउन खोजेका बताएका छन् ।

संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको छ । त्यसक्रममा सामाखुसी क्षेत्रमा एउटा ट्याक्सीमा आजगनी भएको प्रहरीले बतएको छ । केही ठाउँमा तोडफोड भएको छ ।

बन्द गराउन सडकमा पुगेका प्रचण्ड-माधव समूहका नेता कार्यकर्ता पक्राउ परेका पनि परेका छन् । आम हड्तालका क्रममा रत्नपार्क क्षेत्रमा रहेका संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो । सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ ।’

ट्याक्सीमा भएको आगजनबारे सोधिएको प्रश्नमा भने उनले कहि कतै त्यस्तो भएको भए आफैं छानविन गर्ने बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनप्रति प्रतिवद्ध रहेको भन्दै उनले भने, ‘अबान्छित तत्वहरुले बद्नाम गराउने प्रयत्न गरेका छन्, त्यसप्रति सचेत पनि छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment