Comments Add Comment

आम हड्तालले बुटवल ठप्प (फोटो फिचर)

२२ माघ,बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आहृवान गरेको आमहड्तालको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन र संवैधानिक आयोगहरुमा संसदीय सुनुवाईविनै गरिएको नियुक्ति असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगामी भएको भन्दै त्यसको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल आहृवान गरेको हो ।

आम हड्ताल आहृवानका कारण लुम्बिनी प्रदेशको प्रमुख सहर बुटवल ठप्प बनेको छ । बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारी साधनहरु चल्न सकेका छैनन् । बजार, शिक्षण संस्थाहरु पनि बन्द छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

सडकमा बिहान सेनाका बख्तरबन्द गाडीहरु समेत घुमाइएको थियो भने प्रहरीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरीको गाडी साइरन बजाउदै चोकचोक र गल्ली गल्लीमा गस्ती गरेको छ । तर बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण्ड-माधव समूहका यूवा नेता राजु गुरुङको नेतृत्वमा नेता कार्यकर्ता जम्मा भएका छन् ।

सडकमा पातलो संख्यामा निजी तथा साना सवारीहरु मात्रै देखिएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

आम हड्तालको प्रभाव लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा परेको छ । गृह मन्त्रालयले हिजो विज्ञप्ति निकालेर सवारी साधन चलाउन र पसल खोल्न आग्रह गरे पनि प्रदेशका बाह्रवटै जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात र ढुवानीका साधन चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment