+
+

धरानमा बन्दकर्ता र मजदुरबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १०:३५

२२ माघ, विराटनगर । धरानमा बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र मजदुरबीच सामान्य झडप भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच सामान्य झडप भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार केही समय विवाद भए पनि पछिल्लो समय अवस्था सामान्य छ ।

धरानमा नै सवारी साधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उनले बताए ।

धरानमा अहिले सार्वजनिक सवारी साधन सञ्चालनमा नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?