Comments Add Comment

टी-१० लिगमा सोमपालको उत्कृष्ट बलिङ, १२ रन खर्चेर २ विकेट

२२ माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले टी-१० लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । मराठा अरेबियन्सका लागि लगातार छैटौं खेल खेलिरहेका सोमपालले बिहीबार डेक्कन ग्लाडिएटर्सविरुद्ध २ विकेट लिए ।

उनले २ ओभर बलिङ गर्दै जम्मा १२ रन खर्चेर २ विकेट लिएका हुन् । सोमपालले आफ्नो पहिलो ओभरमै २ रन मात्र खर्चेर २ विकेट लिएका थिए ।

उनले ग्लाडिएटर्सका प्रशान्त गुप्ता र यासिम कलिमको ६४ रनको साझेदारी तोड्दै दुबैको विकेट लिए । छैटौं ओभरको चौथो बलमा प्रशान्तलाई मोसादेक हुसेनबाट क्याचआउट गराएका सोमपालले सोही ओभरको छैटौं बलमा यासिर कलिमलाई अलिशान सारुफुबाट क्याचआउट गराए ।

यस्तै आफ्नो दोस्रो ओभरमा सोमपालले १० रन खर्चिए । डेक्कनका अनवर अलीले सोमपालको बलमा दलगातार दुई चौका प्रहार गरेका थिए । सोमपालले टी-१० लिगमा ६ खेल खेल्दै ३ विकेट लिएका छन् । यसअघि लगातार ५ खेल खेलेका सोमपालले जम्मा १ विकेट मात्र लिएका थिए ।

समूह चरण र सुपर लिग गरी ५ खेल खेल्दा १ खेल मात्र जितेको साविक विजेता मराठा अरेबियन्स जम्मा २ अंकसहित ८ टिम सहभागि लिगमा अन्तिममा छ । मराडा प्लेअफ होडबाट बाहिरिसकेको छ ।

यस्तै नेपालका अर्का खेलाडी करण केसीले पनि लगातार ६ खेल खेले । पुने डेभिल्सबाट ६ खेल खेल्ने क्रममा करणले जम्मा १ विकेट लिए । उनले टीम अबुधाबी विरुद्धको खेलमा क्रिस गेललाई बोल्ड गरेका थिए ।

टीम अबुधाबीमै रहेहका नेपालका युवा क्रिकेटर कुशल मल्लले भने ५ खेलसम्म खेल्ने मौका पाएका छैनन् । अबुधाबीमा यस पटक नेपालका अलराउण्डर पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा रहेका छन् ।

सोमपाल कामीले टी-१० लिगमा उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । उनले ६ बल डट फाल्दा दुई चौका र चार सिंगल रन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment