+
+
Shares

नेपालमा ६ लाख भारतीय नागरिक

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते ११:०६

२२ माघ, काठमाडौं । नेपालमा ६ लाख भारतीय नागरिक रहेको एक तथ्यांकले देखाएको छ । भारतीय विदेश मन्त्रालयले त्यहाँको माथिल्लो सभा राज्य सभामा पेस गरेको विवरणमा सो तथ्यांक उल्लेख छ ।

सो तथ्यांक अनुसार विश्वका २०० सयभन्दा बढी मुलुकहरुमा भारतीय नागरिकहरु गैरआवासीयको हैसियतमा बसिरहेका छन् । पछिल्लो समयमा कोभिड–१९ का कारण भारतले विभिन्न देशहरुबाट आफ्ना नागरिकहरु उद्धार गरिरहेको छ ।

सो तथ्यांक अपडेट गरेर भारतीय विदेश मन्त्रालयले विभिन्न देशमा रहेका आफ्ना नागरिकहरुबारे त्यहाँको संसदलाई जानकारी गराएको हो । विभिन्न देशमा भारतका १ करोड ३० लाख भन्दा बढी व्यक्तिहरुको बसोबास रहेको छ ।

नेपालमा रहेका भारतीय नागरिकको बारेमा भारतले यकिन तथ्यांक राखेपनि भारतमा नेपाली नागरिकहरु कति छन् भन्ने यकिन छैन् । केही वर्ष अगाडि गठन भएको नेपाल–भारत प्रबुद्ध समूहले ७ देखि १० लाख नेपाली भारतमा रहेको दाबी गरेको थियो । भारतमा रहेका नेपालीको गणनाका सम्बन्धमा वेला वेलामा बहश भएपनि कुनै प्रक्रिया अगाडि बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?