+
+

म्यानमारमा सुकीका प्रमुख सहयोगी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १२:२१

२३ माघ, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका छन् । म्यानमारको सेनाले गरेको ‘कू’ को व्यापक विरोध भइरहेको समयमा उनी पक्राउ परेका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनले आफूलाई प्रहरीले नियन्त्रणमा लिँदै यान्गोनबाट न्यपेत लगिएको बताएका छन् । उनले आफूमाथि के मुद्दामा समातिएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैन । उनले भनेका छन्, ‘उनीहरु भलादमी छन्, त्यसैले मैले फोन उठाउन पाएको छु ।’

उनले थपेका छन्, ‘हामीलाई लामो समयदेखि निरन्तर नराम्रो व्यवहार गरिँदै आएको छ । म कहिल्यै पनि उनीहरुसँग डराउने छैन किनकी मैले आफ्नो पूरा जीवनकालमा केही पनि गलत गरेको छैन ।’

म्यानमारको ठूला सहरहरुमा मानिसहरुले सेनाले गरेको कूको विपक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । बिहीबार सुकीको पार्टी एनएलडीले पनि सेनालाई अवज्ञा गर्दै न्यपेतमा सांकेतिक संसद्को बैठक बसेका थिए । उक्त बैठकमा उनीहरुको बीचमा आगामी दिनमा जनताको सेवा गर्दै अघि बढ्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?