Comments Add Comment

नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं : प्रधानमन्त्री ओली

२३ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश सुरुङमार्गमा प्रवेश गराएको बताएका छन् । उनले अब नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै छिट्टै सकिने बताए ।

‘नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं, नेपालको विकास सुरुमार्गमा प्रवेश गरेको छ, थानकोटबाट नौबिसे सुरुङमार्ग खन्ने काम सुरु भएको छ, त्यो यहाँहरुले देख्नुभएको छ, काठमाडौंको नरायणहिटीमा आयेजित जनसभामा उनले भनेका छन् ।

उनले ३ वर्षमा करिब ६ हजार किलोमिटर सडक कालोपत्रे गरेको पनि बताए । प्रधानमन्त्री ओलीले २ लेन, ४ लेन र ६ लेनको बाटो बनाएको बताए ।

४/४ सय भन्दा बढी पुल र झोलुंगे पुल पनि बनाएको उनको भनाइ छ । ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैनन् भनेर सरकारले काम गरेको उनले भन्दै प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका नरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले खोला र नदीका तुइनहरु विस्थापित गराएको पनि बताए । उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको र दिनदिर्नै सबस्टेस्नको निर्माण सकेर उद्घाटन भइरहेको बताए ।

प्रधानमन्त्री ओलीले पञ्चेश्वर जलविद्युत आयोजना आगामी वर्षबाट बन्न सुरु गर्ने भन्दै दोधाराचाँदनीमा अर्को वर्षबाट १० क्युमेक्स पानी सिँचाइका लागि पुग्ने बताए ।

तराईमा हुने डुबान भारतसाग कुरा गरेर हटाएको दावी गर्दै उनले हुलाकी राजमार्ग निर्माणको काम लगभग सकिएको बताए ।

पूर्वपश्चिम रेलमार्ग बनाउने र पूर्वपश्चिम राजमार्गलाई चौंडा बनाउने काम काम भइरहेको भन्दै उनले लगायतका पूर्वाधारहरु बनाइएको बताए ।

केही दिनभित्रै रेल चल्ने भन्दै भारतसँग रक्सौल काठमाडौं रेलमार्गको लागि सम्झौता भएर डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment