+
+
Shares

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १६:४६

२३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ७९९ जनाको नमुना परीक्षण गर्दा ४८ जना महिला र ५७ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार १०८ जना सक्रिया संक्रमित रहेका छन् । जसमध्ये ७४३ जना होम आइसोलेसनमा, ६४ जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?