२४ माघ, काठमाडौं । फियाेरेन्टिनालाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा ईन्टरले फियोरेन्टिनालाई २-० ले पराजित गरेकाे हो ।
फियोरेन्टिनाको मैदानमा इन्टरलाई जिताउन निकोलो बरेला र इभान पेरिसिचले गोल गरे ।
खेलको ३१औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा पेरिसिचले ईन्टरका लागि दाेस्राे गाेल गरे ।
जितपछि २२ खेलबाट ४७ अंक जाेडेकाे ईन्टर शीर्ष स्थानमा उक्लिएकाे छ
इन्टरले एसी मिलानलाई १ अंकले पछि पार्दै पारेकाे हाे ।
एक खेल कम खेलेकाे मिलान ४६ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4