Comments Add Comment

हिउँदे वर्षातले कृषकलाई राहत

२४ माघ, गुल्मी । दुई दिनदेखि परेको हिउँदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मीलगायत छिमेकी जिल्लाहरुमा शुक्रबार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई रातह मिलेको हो ।

हिउँदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । तर, यो वर्ष माघको अन्तिम साता भए पनि पानी पर्दा हिउँदे बाली सुप्रिने आशामा कृषकहरु खुसी भएका हुन् ।

पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ । हिउँदे वर्षातले गुल्मीलगायत छिमेकी जिल्लाहरुमा चिसो पनि बढेको छ ।

चिसो वढेसँगै गुल्मीका उच्च स्थानहरु रेसुङ्गा, अर्जुन, मदानेलगायतका आदा दर्जन उच्च स्थानमा सामान्य हिउँ पर्ने सम्भावना रहेेको छ । अघिल्ला वर्षहरुमा माघ महिनाको अन्तिम तिर पानी पर्दा गुल्मीको रेसुङ्गामा २ पटकसम्म हिउँ परेको थियो ।

चिसोका कारण वढेसँगै बजार तथा अन्य स्थानमा चहलपहल घटेको छ । चिसोबाट जोगिन घरमै बस्नाले र अत्यावश्यक काम बाहेक अन्य बाहिर हिड्डुल नर्गनाले चहलपहल घटेको हो ।

वर्षातपछि बाँझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतबारीमा तरकारी तथा अन्य बाली लगाउन राहत मिल्नेछ ।

हिउँदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफूललगायतका बालीहरु पनि सुक्दै जाने थालेका थिए । यसवर्ष बर्खाको समयमा पनि पर्याप्त मात्रामा पानी परेको थियो ।

पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सडकहरुमा हिँड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केही दिन भए पनि राहत हुने स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment